सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा एक शव फेला परेको छ । गाउँपालिकाको वडा नंबर ८ दोभानबेसीस्थित माण्डु हाइड्रोपावरमा उक्त शव फेला परेको हो ।

घोप्टो परेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईहेको र शवलाई पाष्टमार्टमको लागि हेटौंडा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।