भक्तपुरको एक केमिकल उद्योगमा आगलागी भएको छ। मध्यपुर थिमीमा रहेको युनाइटेड नेपाल केमिकल प्रा।लि।मा आगलागी भएको हो ।सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको कारखानामा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ । आगलागीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि खटिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।