वीरगन्ज । पर्सा जिल्लामा थप ७० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गरी सोमबार राती अबेर र मंगलबार बिहान सार्वजनिक गरिएको परिक्षण रिर्पोट अनुसार पर्सामा थप ७० जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राती ५५ जना र मंगलबार बिहान १५ जना गरी थप ७० जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये पर्साका ६५ जना र बारा घर भई पर्सामा बसोवास गर्दै आएका ५ जना रहेका छन् ।

कन्टयाक्ट ट्रेसिङ्गमा परेका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, प्रहरी, थुनुवा सहित सर्वसाधारण गरी ४९ जनामा संक्रमण पुष्टि छ ।  संक्रमितहरु ज्वरो, रुघाखोकी, पखाला लागेर शंका लागि आफै पैसा तिरेर पिसिआर परीक्षण गराएकाहरु मध्येबाट २१ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरुमा नेशनल मेडिकल कलेजमा कार्यरत २ जना चिकित्सक, १ जना स्वास्थ्यकर्मी, भवानी अस्पताल वीरगञ्जका ४ जना अस्पतालका कर्मचारी र पर्साको धोबिनी गाँऊपालिकाका एक स्वास्थ्यकर्मीका संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी वडा प्रहरी कार्यालय विर्ताका ३ जना थुनुवा र ४ जना प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा जिल्लामा संक्रमितको संख्या १ हजार १ सय १० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।