हेटौँडा ।  मकवानपुरका दुईजना नेकपाका नेताहरु न्विन सिग्देल तथा देबराज रिमालले लिखित रुपमा आफ्नो जिम्मेवारीबाट राजिनामा बुझाएपछि मकवानपुरको नेकपाको राजनीतिमा एकप्रकारको बहस सुरु भएको छ ।
नेकपा मकवानपुरका सचिवालय सदस्य सिग्देल तथा जिल्ला समन्वय समितिका सदस्य समेत रहेका नेकपा मकवानपुरका जिल्ला कार्यसमिति सदस्य रिमालको एकैपटक राजिनामा आइपछि केहिदिनबाट नेकपा मकवानपुरमा यो विषयको चर्चा सुरु भएको हो ।

के हो त मुख्य कारण
गत श्रावण २४ गते हेटौँडामा नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहेको प्रतिनिधिसभा क्षेत्र नंबर २ का सांसद बिरोध खतिवडाले आफ्नो क्षेत्रमा भएको गतिविधिको विषयमा जानकारी दिने र मकवानपुरम उपलब्ध रहेका प्रेस संगठनमा आवद्ध पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भनेर एक कार्यक्रमको आयोजना भयो।

कार्यक्रममा प्रेस संगठन मकवानपुरको नेतृत्व सहित केहि केन्द्रीय र केहि प्रदेश सदस्यहरुको समेत उपस्थित रहेको थियो भने जिल्ला तहका समेत गरि करिब २ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सांसद खतिवडा सहित जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, नेता श्रीधर पोखरेलको पनि उपस्थिती रहेको थियो । अहिले केन्द्रीय स्तरमा रहेको गुटबन्दी हेर्दा यि सबै नेताहरु हाल प्रचण्ड माधव नेपाल खेमामा रहेका छन् । कार्यक्रममा मकवानपुरको प्रचार विभागका प्रमुख तथा प्रेस संगठनका इन्चार्ज दुबैजना सहभागि नदेखिएपछि त्यहा गएका पत्रकारहररुले यो भेला गुटको रहेको सहजै अनुमान लगाउने स्थिती बन्यो ।
प्रतिनिधिसभा सांसद बिरोध खतिवडाले आफ्नो क्षेत्रमा भएका विकासको गतिविधिलाई जानकारी दिने भनिएको भेलामा त्यसो मात्र भएन खुलेरै गुटको कुरा भए । अर्थात मन्तब्य दिनेहरु श्रीधर पोखरेल, प्रेमबहादुर पुलामी तथा मुनु सिग्नेलले ठ्याक्कै बुझने भाषामानै गुटको वकालत गरे अर्थात केप ओली नेतृत्वको बिरोध मात्र गरेरनन् मकवानपुरमा भएको गुटबन्धीको विषयमा पनि चर्चा गरे । तर यो कार्यक्रममा संसद खतिवाडाले भने गुटाका कुरा नगरेको भएपनि आफुले गरेको क्रियाकलाप या कामको जानकारी लिखित रुपमा ल्याएनन् । अर्थात औपचारिक रुपमा डाटा भने आएन ।

विश्लेषण गरेर लेख्ने पत्रकारहरुलाई सो कुरा जानकारी नहुने कुरै भएन् । पत्रकारितासँग सम्वन्धित कार्र्यक्रममा पार्टीको सोहि विभागकको पम्रखु तथा इन्चार्ज रहेकाहरुलाई नवोलाईनु पार्टीको पद्धती बाहिरको कुरा रहेको केपि ओली समुहका मकवानपुरे नेताहरुको भनाई छ । खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुरका एकजना नेकपा नेता भन्छन ः “अरुलाई पद्धतिको कुरा सिकाउनेले आफु पनि पद्धतिमा बस्नु पर्छ नि,उहा (खतिवडा) प्रतिनिधिसभा सांसद मात्र नभएर नेकपाको केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज पनि हुनुहुन्छ अनि आफ्नो क्षेत्रको कार्यक्रममा गरेकै भएपनि खै आफ्नो क्षेत्रका प्रदेश सांसद ? एउटा गुटको सिमित नेता बोलाएर भ्रम छर्ने काम गर्नु राम्रो भएन नि, यो त सिधै बुझिने कुरा हो ।

त्यसो त यो विषयमा कुरा उठेपछि नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जनप्रतिनिधिको कार्यक्रम भएको र आफुलाई जानकारी खाएपछि गएको अभिब्यक्ति दिएकी छिन् । उनले उक्त कार्यक्रममा बोल्ने क्रममा उठेका प्रश्नको जवाफ दिएको बताईन् । खबरब्रेकले राजीनामाको विषयमा प्रश्न गर्दा उनले भनिन् :उहाहरुको लिखित राजीनामा आईसकेको छ, फिर्ता लिनुभएन भने त कार्यन्वयनमा जानेकुरा भैहाल्छ नि ।

के भन्छन सिग्देल र रिमाल
नेकपा मकवानपुरका लामो समय तत्कालिन प्रचार विभाग तथा प्रेस चौतारीको इन्चार्जको जिम्मेवारी निभाईसकेका सिग्देल तथा रिमालले गुटबन्दीको नांगो नाचा नाचेको कारण आफुहरुले राजिनामा दिएको बताएका छन् । खबरब्रेकलाई प्रतिक्रिया दिँदै सिग्देलले पार्टीको पद्ध्तीको कुरा गर्दै हिडनेलेनै गुट चलाएको र आफुलाई मात्र नभई सिंगो पार्टी पद्धतिलाई अपमान गरेको भन्दै राजिनामा बुझाएको बताए । लामो समयसम्म नवयुग फाँटमा कुशल जिम्मेवारी हाँसिल गर्दै प्रचार विभागको समेत जिम्मेवारी हाँसिल गरेका सिग्देलले आफुहरुलाई गुटबन्दीको नाउँमा निशाना बनाइएको दाबी गरे ।

उता रिमाल पनि गुटबन्दीको चरम सिमा नाघेको भन्दै राजिनामा दिन वाध्य भएको बताउछन् । आफ्नो जिम्मेवारीसँग सम्वन्धित कार्यक्रममा आफुलाई १५ मिनेट अघिमात्र औपचारिक जानकारी आएको भन्दै उनले असन्तोष ब्यक्त गरे ।

नेकपा मकवानपुरमा कस्तो सन्देश जान्छ ?
श्रावण २४ को कार्यक्रमलाई मकवानपुरे नेकपा नेता तथा कार्यकर्ताले विभिन्न कोणबाट विश्लेषण गरेकाछन् । केहि नेताहरुले केन्द्रीय सर्कुलर बमोजिम खतिवडा एण्ड कम्पनीले गुटबन्दी सुरु गरेका भनेका छन भने कतिपयले माननीयहरुले आफ्नो क्षेत्रको विकासको बारे जानकारी दिन पाउने र सो गुटको भेला नभएको टिप्पणी समेत गरेका छन् । जेहोस यो कार्यक्रमपछि मकवानपुरमा एकप्रकारको तरंगनै उत्पन्न भएको छ । यो कार्यक्रमले मकवानपुरे नेकपा कार्यकर्तालाई दुई कित्तामा बाढिन, पक्ष विषक्षमा वकालत गर्न भने राम्रो मौका मिलेको छ । यसको प्रमाण हामी अहिले सामजिक सञ्जालमा देख्न सक्छौ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।