File photo

जनपुरधाम । धनुषाको जनकपुरधाममा ट्राभल हिस्ट्री नखुलेका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यू भएको छ ।

क्षयरोग र निमोनियाबाट पीडित विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड–१९ संयोजक डा. जामुन सिंहका अनुसार उनी जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

सिंहका अनुसार उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार गरिँदै आएको थियो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या तीन पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।