काठमाडौं प्रहरीले गोंगबु हत्याकाण्डका आरोपीलाई सार्वजनिक गरेको छ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको खुलासा प्रहरीले गरेको ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिदै बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेर हत्या गरेको बताएका छन् । प्रहरीले बेहोस पारेपछि सलले घाँटी कसेर हत्या गरेको र त्यसपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको बताएको छ ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

सुटकेशभित्र फेला परेको बेवारिसे शव सोमबार सनाखत भएको थियो ।प्रहरीले विभत्स अवस्थामा फेला परेको उक्त शवको सनाखत गर्न मृतकको अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो  । तस्बिर सार्वजनिक भएको २४ घण्टा नबित्दै शवको सनाखत भएको थियो ।

नयाँबजारस्थित गार्मेण्टबाट कपडा खरिद गरी घुमन्ते व्यापार गर्दै आएका बोहराको सोही राति घटनास्थलनजिकै एक घरको तीन तलामाथि कोठामा हत्या भएको थियो ।

सुटकेशभित्र दुई हातसहितको आधा भाग फेला परेको केही समयपछि करिब तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।