गौरिटार रंगशाला क्षेत्रमा रहेको ब्वाईज होष्टल । तस्विर: खबरब्रेक

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाईरस(कोभिड १९) संक्रमणमा बृद्धि भएपछि हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) क्षेत्रमा रहेको ब्वाईज होष्टललाई कोरोना आइसोलेसन वार्ड बनाईने भएको छ ।

३० वटा बेडरुम भएको होस्टलको अधिकांश रुपममा २ वटा बेड राखेर कोरोना संक्रमितहरुको उपचार गर्न सकिने, केहि रुमलाई आइसियु तथा भेन्टीलेटर सहितको ब्यवस्थापन गर्न सकिने भएको कारण पनि उक्त भवनको प्रयोग गर्न लागिएको हो ।

गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको खेलाडी होस्टललाई प्रयोग गर्दा सबैभन्दा उपयुक्त देखिने र चापलाई पनि धान्न सकिने भएको कारण आफुहरुले उक्त भवनलाई आइसोलेसन वार्डको रुपमा सञ्चालन गर्न लागेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।

अहिले उक्त भवनमा सरसफाई गर्ने काम भैरहेको र अबको २-३ दिनभित्र आइसोलेसन वार्ड निर्माण भैैसक्ने उनको भनाई छ । ६ वटा प्रशासनिक रुम भएको उक्त भवनमा क्यान्टिन, कन्फरेन्स हल तथा संक्रमितहरुको लागि योगा गर्ने, सामान्य एक्सरसाईज गर्ने पर्याप्त स्थान रहेको छ ।

स्थानीय समुदायबाट पनि केहि टाढा रहेको उक्त स्थानमा कोभिड अस्पतालनै निर्माणको लागि पनि उपयुक्त हुने मेलानका केन्द्रीय नेता उत्सब चौँलागाईले बताए । अस्पतालाई यो विषयमा आफुले पनि जानकारी गराएको भन्दै आइसोलेसन वार्डलाई उच्चस्तरको बनाउनुपर्ने धारणा ब्यक्त गरे ।

यसै विषयमा कुरा गर्दै गर्दै हेटौँडा अस्पतालका ज्वरो क्लिनिक संयोजक समेत रहेका डाक्टर हरि खड्काले सरकारले आवश्यक जनशक्ति तथा उक्त स्थानमा अस्पताल बनाउन आवश्यक सामग्री प्रदान गरेको अवस्थामा (लेभल वान) को कोभिड अस्पताल सञ्चालन गर्न सकिने बताए ।  हालललाई आइसोलेसन वार्डको रुपमा भने सञ्चालन गर्ने उपयुक्त भवन तथा स्थान रहेको उनको भनाई रहेको छ । आफु सहित डाक्टरको टिमले उक्त भवनको अवलोकन गरेको भन्दै उनले त्यस ठाउ निकै उपयुक्त रहेको बताए ।

केहि समय अघि खबरब्रेक डटकमले उक्त भवनलाई सकेसम्म कोरोना अस्पताल नत्र ब्यवस्थित आइसोलेसन बनाउनुपर्ने भन्दै प्राथमिकताको साथमा समाचार प्रकाशन गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।