सांकेतिक तस्विर

बाँके  । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीया महिलाले २४ साउन राति २ किलो ७ सय ग्राम तौलको शिशुलाई जन्म दिएकी थिइन् ।

उक्त शिशुको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

३९ हप्ताकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएपछि कोभिड १९ लेभल ३ अस्पतालका रूपमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारका लागि रिफर गरिएको थियो । रिफर भएकै दिन शनिबार राति शल्यक्रिया गरेर बच्चा निकालिएको भएपनि बच्चाले आमाको पेटभित्र दिशा गरेको र धड्कनसमेत कम भएका कारण आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । तर।, उपचारकै क्रममा नवजात शिुशको सोमबार बिहान भएको डा. श्रेष्ठले जानकारी दिए ।

आमाको अवस्था भने सामान्य रहेको डा. श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमित आमाबाट शल्यक्रिया गरी शिशु निकालिएको भएपनि शिशुमा भने कोरोना संक्रमण नदेखिएको डा. श्रेष्ठले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।