नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसका कारण नेपालमा थप थप चार जनाको मृत्यु भएको बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ बस्ने ६० वर्षीय पुरुष रहेका छन्। उनको सोमबार राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। त्यस्तै धनुषाकै मिथिला बिहारी नगरपालिका ५ का ५० वर्षीय पुरुष को पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ।

क्यान्सर अस्पताल जनकपुरमा अस्पतालमा काम गर्ने उनको साउन २५ गते निधन भएको हो। त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका १ कि ५० महिलाको मंगलबार किष्ट मेडिकल शिक्षण अस्पताल ललितपुरमा निधन भएको प्रवक्ता गौतमले बताए।

त्यस्तै सिन्धुपाल्चोकको बमाह्रबिसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा उनको साउन २२ गते मृत्यु भएको र मृत्युपछि मात्रै उनमा कोरोना पुष्टि भएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।