file photo

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या ८३ जना पुगेको छ ।

आईतबार जिल्लाका २३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ८३ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हेटौंडा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले हेटौंडामा सक्रिय संक्रमितको संख्या ३९ जना पुगेको जानकारी दिए ।

उनले खबरब्रेकलाई दिएको जानकारी अनुसार जिल्लामा आईतबार थपिएका २३ जना संक्रमितमा २० जना संक्रमितलाई आईसोलेसन ल्याईसकेको र बाँकी ३ जनालाई ल्याउने तयारी भईरहेको छ ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नंबर ४,वडा नंबर ९ र मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ का १/१ जना संक्रमितलाई आईसोलेसन ल्याउने तयारी भईरहेको छ ।

कर्रा आईसोलेसनबाट ३० संक्रमित कोरोना मुक्त:

हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित कर्रा आईसोलेसन वार्डबाट हालसम्म ३० संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् ।

आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले हालसम्म आईसोलेसनबाट ३० संक्रमित उपचार पछि निको भएर घर फर्किएको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।