हेटौँडा । हेटौँडा उपमहानगरपालिका केलकुद विकास समितिको अध्यक्षमा चन्द्र शाही नियुक्त भएका छन् ।
हेटौँडा उपमहानगरपालिका खेलकुद विकास ऐन दफा ३ को उपदफा २(क) मा भएको ब्यवस्था बमोजिम शाहीलाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज नियुक्ती गरेका हुन् ।

नियुक्तपछि प्रतिक्रिया दिँदै शाहीले समग्र हेटौँडाको खेल क्षेत्रलाई अघि बढाउन भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे । मकवानपुरको खेलकुद गतिविधिमा सक्रिय शाही हेटौँडा २ का स्थानीय हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।