लगातार बढेको सुनको मुल्य पछिल्लो २ दिनमा केही घटेको छ । आइतबार ९ सय घटेको सुनको मुल्यमा सोमबार २ सय रुपैयाले गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांसघले जनाएको छ।

तेजावी सुन आज प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भएको छ भने चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।