विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।

एकै दिन दुई लाख १२ हजार एक सय १४ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या दुई करोड ९ हजार ६३ पुगेको हो । कोरोनाका कारण ज्यान गुमााउनेको संख्या सात लाख ३३ हजार तीन सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै चार हजार पाँच सय ५१ जनाको कोरोनाका कारण मृत्यु भयो ।  यसैगरि विश्वभर एक करोड २८ लाख ८७ हजार एक सय ७६ जना संक्रमित कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।