हेटौँडा , वागमती प्रदेशसभा सांसद तथा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले मुख्यमन्त्री किन आफ्नै जिल्लाका सांसदसँग तर्सेको भन्दै आश्चार्य ब्यक्त गरेका छन् ।  मुख्यमन्त्रीको आईतबारको भनाई र मकवानपुर जिल्लाका चारजना सांसदहरुले जारी गरेको विज्ञप्तिको विषयमा खबरब्रेकले राखेको जिज्ञासाको जवाफ दिँदै सांसद पुलामीले भने : हामीले किन मुख्यमन्त्री हटाउने हस्ताक्षर गर्नुपर्ने थ्यो र ? हामीले अविश्वासको प्रस्तावबारे केहि चलखेल नगर्दा समे मुख्यमन्त्री किन तर्सिनु भयो ? म आश्चार्यमा परेको छु ।

मुख्यमन्त्रीले आफ्नै जिल्लाका अझ आफ्नै पार्टीको नेतृत्व गरिरहेका सांसदप्रति अविश्वास गरेको र विना आधारको भनाई ब्यक्त गरेको भन्दै उनले दुख समेत ब्यक्त गरेका छन् । उनले भने : हामीले यदि यस्तो चलखेल गरेको भए प्रमाण सहित आउनु पर्यो नि ?

आफु उक्त कार्यक्रमबाट केहि अगाडीनै निस्किएको भन्दै उनले पछि मुख्यमन्त्रीले बोलेको रेकर्ड सुन्दा दंग परेको समेत बताए । उनले आफुहरुले आम जनतालाई विज्ञप्ति मार्फत स्पष्ठ पारेको समेत उल्लेख गरेका छन् । सांसद पुलामीले मुख्यमन्त्री आफुहरुको संसदीय दलको नेता तथा केन्द्रीय नेता समेत भएको हुँदा शंका लागेको विषय आफुहरुलाई बोलाएर सोधन पर्नेमा एउटा सार्वजनिक कार्यक्रममा गएर तर्सिएर अभियब्यक्ति दिनुको कुनै तुक नभको समेत धारणा ब्यक्त गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।