Image may contain: Juneli Shrestha, close-up and outdoorहेटौँडा । वागमती प्रदेशसभा सांसद तथा नेकपा मकवानपुरकी नेता जुनेली श्रेष्ठले मुख्यमन्त्री डोरमणी पौडेलले केहि थाहा भएरनै अविश्वासको प्रस्तावको विषयमा बोलेको हुनुपर्ने धारणा ब्यक्त गरेकि छिन् ।

खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद श्रेष्ठले मुख्यमन्त्रीले त्यसै नबोलेको समेत बताईन् । आफुले यो विषयमा मुख्यमन्त्री पौडेलसँग कुरा गरेको भन्दै उनले मुख्यमन्त्रीबाट यो विषय थाहा भएपछि सार्वजनिक भएको अभिब्यक्ति आएको समेत दाबी गरिन् । उनले मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेको ब्यक्तिले हचुवाको भरमा नबोलेको भन्दै हावा नचली पात नहल्लेको समेत स्पष्ठ पारिन् ।
आइतबार हेटौँडामा भएको जिल्ला समन्वय समिति मकवानपुरको जिल्लासभामा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले आफुलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने खेलमा मकवानपुरकै सांसदले नेतृत्व गरेको भनाई सार्वजनिक गरेपछि यो विषयले अहिले बागमती प्रदेश सहित मकवानपुरको नेकपा राजनीति समेत गर्माएको छ ।

मुख्यमन्त्रीको सो भनाईपनि आज नेकपाबाट प्रतिनिधित्व गर्ने नेकपा केन्द्रीय सदस्य ,मकवानपुर सहइन्चार्ज तथा प्रदेश सांसद कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देल, प्रदेश सांसद प्रेमबहादुर पुलामी तथा प्रदेश सांसद ओम घलानले विज्ञप्ती निकालेर मुख्यमन्त्री पौडेलको अभिब्यक्तिको खण्डन गरेका छन् ।
यसैक्रममा खबरब्रेकले सांसद श्रेष्ठलाई विज्ञप्तिमा त तपाईको हस्ताक्षर देखिदैन नि भनेर सोधेको थियो, जवाफमा श्रेष्ठले आफुलाई पनि माननीय पुलामी जिले फोन गर्नु भएको तर पुरै कुरा नबुझी आफुले हस्ताक्षर नगर्ने जवाफ दिएको बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।