File photo

छिमेकी देश भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २२ लाख नाघेको छ ।

यहाँ पछिल्लो २४ घण्टामा ६२ हजार ११७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार ९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।