युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती अन्तिम १६ का दुई खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने सबै ८ टिमको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने टिममा बार्सिलोना, बायर्न म्युनिख, लियोन, पिएसजी, म्यानचेस्टर सिटी, आरबी लेइपिंग, एटलान्टा र एटलेटिको म्याड्रिड रहेका छन् । अबका च्याम्पियन्स लिगका खेलहरु नकआउटका आधारमा सबै पोर्चुगलमा हुने छन् । क्वाटरफाइनलका खेलहरु अगस्त १२,१३,१४ र १५ मा हुने छन् ।

पहिलो खेल पिएसजी र एटलान्टाबीच १२ अगस्तको राति पौने एक बजे हुने छ । त्यस्तै १३ अगस्त राति एटलेटिको म्याड्रिड र आरबी लेइपजिंगबीच हुने छ । त्यस्तै गरि १४ अगस्तको राति बार्सिलोना र बायर्न म्युनिखबीच हुने छ भने १५ अगस्तको राति म्यानचेस्टर सिटी र लियोनबीच हुने छ ।

सेमिफाइनल : च्याम्पियन्स लिगका सेमिफाइनल खेल अगस्त १८ र १९ मा हुने छन् ।  पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटी र लियोनबीचको विजेता तथा  बार्सिलोना र बायर्न म्युनिखबीचको विजेता खेल्ने भएका छन् ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आरबी लेइपिंग/एटलेटिको म्याड्रिड वा एटलान्टा/पिएसजीबीचको विजेताले खेल्ने भएका छन् । त्यस्तै यस बर्षको च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २३ मा लिस्बनस्थित एस्टाड़ीयो डा लुइजमा हुने भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।