बलिउडका चर्चित अभिनेता संजय दत्त अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिवार स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका संजय आज डिस्चार्ज भएर घर फर्किएका हुन् ।

उनमा छाती र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई कोरोनाको आशंका गरिएको थियो । तर परिक्षणपछि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

उनमा अक्सिजनस्तर कम भएकोले अस्पतालमा भर्ना गरिएको थियो । अहिले भने उनको स्वास्थ अवस्था सामान्य रहेका भारतिय मिडियामा जनाइएको छ । आफु अस्पताल भर्ना हुँदा संजयले २ दिनमै घर फर्कने जानकारी पनि गराएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।