भगवान बुद्धको जन्मभूमिबारे भारतीय विदेशमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई सच्याउँदै भारत सरकारले सच्याएको छ ।

विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिलाई सच्याउँदै भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको हो ।

भारतीय विदेश मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको जनाएको हो ।

जबकी शनिबार एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय रहेको बताएपछि यसको चर्को आलोचना भएको थियो ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको प्रष्ट गरेको हो ।

‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

यसअघि नेपालले जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गौतम बुद्ध नेपालमा जन्मिएको र यसबारेमा कुनै बहसको अर्थ नहुने जनाएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।