पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले आफ्नो विवादास्पद अभिव्यक्तिप्रति माफी मागेका छन् । टेलिभिजन कार्यक्रम ‘रजतपट’मा अभिव्यक्त भएको विवादास्पद अभिव्यक्तिप्रति उनले माफी मागेका छन् ।

पत्रकार प्रकाशले भनेका थिए, ‘आफंै नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’

तर, सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजा शर्माले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् भने पत्रकार सुवेदीको चर्काे आलोचना भइरहेको थियो ।

आइतबार बेलुकमा पत्रकार सुवेदीले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेका भए माफी चाहन्छु भनेका छन् । कसैप्रति लक्षित र गलत उद्देश्यले सो नभनेको भन्दै उनले व्यक्ति विशेष नभएको र ‘दाह्रा’ शब्द प्रतिकात्मक रहेको बताएका छन् ।

यद्यपि सो शब्द प्रयोग हुनु दुखद् रहेको भन्दै उनले अब उपप्रान्त शब्द प्रयोगमा ध्यान पु¥याउने प्रतिबद्धता जनाउँदै आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु भनेका छन् ।-क्यानडा नेपालबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।