कोरोना महामारीका कारण एक बर्ष पछि सरेको टी-२० क्रिकेट विश्वकप २०२१ मा भारतमा आयोजना हुने भएको छ ।  आइसीसीको शुक्रबार बसेको बैठकले २०२१ को टी-२० विश्वकप भारतमा गर्ने निर्णय गरेको हो ।  यसअघि आइसीसीले यसै बर्ष अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेट कोरोना महामारीका कारण एक बर्ष पछि सारेको थियो ।

आइसीसीले २०२१ मा टी-२० विश्वकप अक्टोबरदेखि नोभेम्बरसम्म हुने बताएको छ । यो विश्वकपको फाइनल खेल नोभेम्बर १४, २०२१ मा हुने समेत यस अघि नै घोषणा गरेको छ ।

त्यस्तै २०२२ मा हुने भनिएको टी-२० विश्वकप २०२२ को अक्टोबर देखि नोभेम्बरसम्म हुने भएको छ भने फाइनल खेल १३ नोभेम्बर २०२२ मा हुने आइसीसीले जनाएको छ । यो विश्वकप भने अस्ट्रेलियामा हुने भएको हो ।

त्यसै गरि २०२३ मा भारतमा हुने हुने ५० ओभरको विश्वकप अक्टोबर देखि नोभेम्बर, २०२३ मा हुने छ भने फाइनल खेल २६ नोभेम्बर २०२३ मा हुने आइसीसीले निर्णय गरेको छ ।  त्यस्तै २०२१ को फेब्रुअरीमा न्युजील्याण्डमा हुने भनिएको महिला एक दिवसीय क्रिकेट विश्वकप २०२२ सम्मका लागि स्थगित गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।