एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि २–१ गोलको र समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम आठमा स्थान बनाएको हो ।

सिटीको मैदान इतिहादमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङ, ग्राबियल जेससले समान एक–एक गोल गरे । यता, रियलका करिम बेन्जेमाले एक गोल फर्काए । खेलको नवौं मिनेटमा रहीम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको २८औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफमा रियललाई बराबरीमा फर्काए ।

यस्तै खेलको ६८औं मिनेटमा जेससले गोल गर्दै सिटीको जित सुनिश्चत गरे । जितसँगै सिटीले रियलमाथि समग्रमा ४–२ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो । गत फेब्रुअरीमा रियलको मैदान सान्टियागोमा भएको पहिलो लेगको खेलमा सिटीले २–१ गोलको जित निकालेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।