हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, मकवानपुर इन्चार्ज तथा प्रतिनिधिसभा क्षेत्र नंबर २ का सांसद बिरोध खतिवडाले आफु जनताको विचामा रहेको र विकास निर्माणको काममा सक्रिय रहेको बताएका छन् ।

प्रेस संगठन निकट पत्रकारहरुसँग आज हेटौँडामा भएको अन्तरक्रियामा बोल्दै सांसद खतिवडाले अरुले जस्तो ५ वटा कम्मल बाँढेको को विषय पनि चर्चामा ल्याउने आफ््नो बानी नभएको बताए । उनले भने : मेरै क्षेत्रको प्रदेशमा जित्ने माननीयले १०/१५ वटा कम्मल बाँढेको कुरा पनि मिडयामा ठुला खबर हुने गरेको छ तर मलाई त्यस्तो काम गर्न लाज लाग्छ ।

उनले क्षेत्र नंबर २ मा करौडौका ठुला योजना निर्माणको काम भएको भन्दै आफ्नो कार्यकालमा मनहरीबाट उत्तरतर्फ १२ महिनानै सबारी सञ्चालन हुने सडक निर्माण गरिने लगाएतका हाँडीखोला मनहरी क्षेत्र, भीमफेदीबाट उत्तरतर्फका ठुला सडक निर्माण भैसक्ने बताए ।

उनले आफ्नो कार्यकालमा २० औँ करोडको तटबन्धनका योजना सञ्चालन भैरहेको भन्दै आफु प्रचारमा भन्दापनि काममा विश्वास गर्ने बताए । उनले विकासको कामको लागि आफु निरन्तर लागि परेको भन्दै मकवानपुरको विकासमा एउटा क्रान्तिकारी परिवर्तन हुने दाबी गरे ।

पार्टीको आन्तरिक राजनीतिक विवादले कार्यकर्ता निरास भएको भन्दै उनले केन्द्रीय नेतृत्वले यो विषयमा गम्भिर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, कार्यलय सदस्य श्रीधर पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।