File photo

भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ६१७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९४० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४२ हजार ५७८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।