हेटौँडा ।  नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलले स्वर्गिय वालकुमारी थापाको कार्यक्रममा गुटबन्दी भयो भन्नु झुटो रहेको बताईकी छिन् ।

प्रेस संगठन नेपाल, मकवानपुरको पत्रकारहरुसँग आज हेटौँडामा अन्तरक्रिया गर्दै उनले श्रद्धान्जलीसभामा गुटबन्दी भयो भन्ने कुरामा कुनै सत्यता नरहेको बताईन् ।

कार्यक्रमको प्रमुख अतिथि स्थायी कमिटि सदस्य मुकुन्द न्यौपाने हेटौँडा आएको कुरा आफुलाई पनि कार्यक्रमको अघिल्लो दिन मात्र थाहा भएको, आफुहरुले कुनै निर्णय गरेर उहालाई नबोलाएको भन्दै उनले कार्यक्रम छोटो बनाउने उदेश्यले प्रमुख अतिथिलाई मात्र बोल्न लगाउने विषय भएको बताईन् ।

उनले भनिन् : हामीले प्रमुख अतिथि बोलाउने विषयमा माधव नेपाल देखि केहि विशिष्ट नेताहरुसँग छलफल गरेका थियौ, तर धेरै नेताहरुको समय मिलेन, काशिनाथ अधिकारीलाई पनि सम्पर्क गर्दा उहाँ पनि आउने या नआउने क्लियर थिएन, पानी परेर बाटोमा समस्या भएको कारण उहाको पनि फिक्स नभएपछि हामीले वालकुमारी दिदिसँग नजिक रहेर काम गर्र्नुभएका केदार न्यौपानलेलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने सोच बनाएका थियौ, तर अकस्मात मुकुन्द कमरेड आएपछि उहाँलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेका हौ ।

उनले मुकुन्द न्यौपानेलाई आफुहरुले योजना बनाएन नबोलाएको बताईन् । बोल्ने विषयमा प्रमुख अतिथिलाई पनि जानकारी भएको र उहाले पनि कार्यक्रम छोटो बनाउने विषय र प्रमुख अतिथिलाई मात्र बोल्न दिने कुरामा सहमती दिएको उनको भनाई रहेको छ ।

कार्यक्रम सकेर आएपछि केहि नेकपाकै ब्यक्तिहरुले राती साढे ९ पनि गुटबन्दीको आरोप लगाउँदै स्टाटस लेखेपछि आफुलाई अनौठो लागेको समेत उनले बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।