हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ ।

शनिबार प्रदेशमा थप ८३ जनामा कोरोना भाइरस संकमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशको १० जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार प्रदेशको ६ जिल्लामा १ सय २१ जनामा कोरोना पुष्टि भएको थियो ।

आज शनिबार थप हुनेहरुमा काठमाण्डौका ५६ जना,काभ्रेका ७ जना,रामेछापका ५ जना,ललितपुर र भक्तपुरका ३/३ जना रहेका छन् ।

यसैगरि धादिङ,चितवन,सिन्धु्ली र दोलखाका २/२ जना र नुवाकोटका १ जना गरि ८३ जना रहेका छन् ।

यो संगै प्रदेशमा संकमितको संख्या १६ सय ३७ पुगेको छ भने ११ संक्रमितको मृत्यु भएको छ ।

यसैगरि हालसम्म ६ सय संक्रमित उपचार पछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।