File photo

बंगलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । ‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो’, बंगलादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले भने ।

बंगलादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।