हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा आज हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कोरोना संक्रमणको कारण रक्तदान कार्यक्रममा कमि भएको अवस्थामा रगतको अभाव नहोस भनेर कार्यक्रमको आयोजना गरिएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी बज्रचार्यले बताए ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगाएतको उपस्थिती रहेके थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।