Image may contain: outdoor

हेटौँडा ।  वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । रसुवा जिल्लाको रसुवागढीमा आज अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनल को–अपरेशन एण्ड एक्सचेन्ज अफ एफएओ लि हुवान र सोही विभागका पेमा युजेनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ती सामग्रीमा भेन्टिलेटर १६, कन्सेन्ट्रेटर १५, सिरिन्ज पम्प १० , इन्फ्युजन पम्प १० , इलेक्ट्रो कार्डियोग्राफ तीन , मोनिटर प्यासेन्ट ६० , कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० , एनेस्थेटिक लारिङगोस्कोप १० , अक्सिजन रिजर्बभोयर ब्याग ५०, ब्लड ग्यास एनलाइजर १० , डेफिग्रिलेटर मोबाइल १०, अक्सिमिटर, पल्स २० , आइसीयू बेड ५० , पिपिइ एक हजार , एन–९५ मास्क दुई हजार, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स दुई हजार , डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार , मेडिकल आइसोलेन बुट, सुकभर दुई हजार थान रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।