काठमाण्डौको टोखाकी एक महिलाको कारोनाबाट मृत्यु भएको छ । टोखा नगरपालिका वडा न ६ धापासी ग्रिनल्याण्डकी ४१ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलामा साउन १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमुनियाबाट पीडित ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आईसीयूमा राखेर उपचार हुदै गर्दा अस्पतालमै निधन भएको गौतमले बताए । शुक्रबार बेलुका निधन भएकी महिलाको शव सरकारले शनिबार बिहान व्यवस्थापन गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।