सांकेतिक तस्बिर

कार्टुनमा शिशु राखिएको घटनाको चर्चा चुलिइरहेका बेला काठमाडौंको पेप्सीकोलास्थित मकैबारीमा फेरि अर्को शिशु फालिएको अवस्थामा भेटिएको छ ।

काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलास्थित मकैबारीमा फालिएको अवस्थामा भर्खर जन्मिएको शिशु फेला परेको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार शनिबार बिहान ७ बजेतिर मदरल्यान्ड अस्पताल नजिकै पछाडि बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको हो । शिशु जीवितै भेटिएको प्रहरीले जानकारी दिएको छ ।

खोजी गर्दैै जाँदा शिशुको आमा १७ वर्षीया किशोरी पनि प्रहरीले पत्ता लगाएको डीएसपी केसीले जानकारी दिए ।

‘१७ वर्षकी किशोरी भएकाले नाम ठेगाना नखुलाऊँ,’ डीएसपी केसीले भने, ‘हामी शिशुको बाउको खोजी गरिरहेका छौं ।’ प्रहरीका अनुसार शिशु र आमा दुवैलाई अहिले ललितपुरस्थित साथी संस्थाको संरक्षणमा राखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।