हेटौंडा । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलय (जिप्रका) मकवानपुरले हेटौंडा बजारमा भिडभाड बढेको भन्दै प्रभावकारी अनुगमन गर्ने भएको छ ।

शुक्रबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुले संगै हेटौंडा बजार क्षेत्रमा भिडभाड बढेको भन्दै अनुगमन गर्ने भएको हो ।

बैठकले हेटौंडा बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्युनतम मापदण्डहरु पुरा भए,नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्यूनतम मापदण्डहरु पालना नगर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

यसैगरि बैठकले अन्य जिल्लाबाट श्रमिक तथा कामदार ल्याउने कार्यलाई साउन ३२ गते सम्म रोक लगाउने निर्णय गरेको छ ।

यस्तो छ शुक्रबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयहरु:

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।