हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा रहेको बसपार्कमा खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उच्च सर्तकता सहित काम सुरु भएको छ ।
खबरब्रेकसँग कुरा गर्दै मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बसपार्कमा कार्यरत प्रहरीलाई कोरोना भएको र उनलाई आइसोलेसन पठाउने काम भएको बताए ।
ति प्रहरी बाहिर बस्ने गरेको या आफुहरुकै ब्यारेकमा बस्ने गरेको भन्ने विषयमा आफुले बुझ्न थालेको भन्दै उनले आफुअरु उच्च सतर्कताको साथमा काममा रहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।