हेटौँडा । मकवानपुरमा आजपनि ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी अनुसार आज संक्रममित भएकाहरु हेटौँडा ५, हेटौँडा ६, हेटौँडा ८ र हेटौँडा ९, नेपाल प्रहरीमा कार्यरत एकजना तथा भीमफेदी गाउँपालिका वडा नंबर ४ को एकजना रहेका छन् ।

उनीहरुलाई कोरोना आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले खरब्रेकलाई बताए ।

यो सँगै पछिल्लो ४ दिनमा मकवानपुरमा १६ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरको सन्र्दर्भमा कोरोना संक्रमण समुदाय स्तरमानै गएको शंका समेत गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।