file photo

एजेन्सी । रियल मड्रिडका पूर्वप्रशिक्षक फाबियो कापेलोले च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा रियल दबाबमा रहेको बताएका छन् । दुई पटक रियलको नेतृत्त्व गरेका कापेलोले सर्जियो रामोसविना रियल सिटीविरुद्ध दबाबमा रहेको बताएका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियलले सिटीको सामना गर्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट रियलले सिटीसँग उसैको मैदान इतिहादमा खेल्दैछ । गत फेब्रुअरीमा मैदान सान्टियागोमा भएको पहिलो लेगको खेलमा २–१ गोलले पराजित भएपछि रियल दबाबमा छ । र, रियल आफ्ना तीन स्टारविना मैदान उत्रिँदैछ । आफ्ना कप्तान रामोस, ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजविना रियलले सिटीको सामना गर्दैछ ।

रामोस टोलीसँगै इंग्ल्याण्ड आएका भए पनि उनले प्रतिबन्धका कारण यो खेल खेल्न पाउनेछैनन् । पहलाे लेगकाे खेलमा राताे कार्ड पाएका उनले सिटीसँगकाे खेल गुमाउनेछन् ।

पूर्वप्रशिक्षक कापेलोले रामोसविना रियलको रक्षा हुन नसक्ने बताएका छन् । ‘यो एउटा धेरै नै चाखलाग्दो खेल हुनेछ । सिटी नयाँ टिम हो र रियलको च्याम्पियन्स लिगमा बेग्लै कथा छ । यो फाइनल खेलमा जित निकालेमा सिटी वा रियलको भविष्य उज्यालो हुनेछ,’ उनले भने ।

‘सर्जियोविना रियलले सिटीबाट आफूलाई बचाउन कठिन हुनेछ । रामोस कप्तान मात्र नभएर रियलका नेतृत्त्वकर्ता हुन् । उनी रियलका धेरै नै महत्त्वपूर्ण खेलाडी हुन् । सबै खेलाडीका लागि उनी महत्त्वपूर्ण छन्,’ उनले थपे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।