हेटौँडा ।
सामाजिक सञ्जाल फेसबुक मार्फत महिलाहरुलाई अपशब्द बोल्ने, अश्लिल भिडियो तथा अडियो सन्देश पठाएको आरोपमा मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भई हाल चितवन बस्ने केदारप्रसाद घिमिरेलाई मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईराला र नेपाल तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

फेसबुकमा बिपिन अधिकारी नामक फेक आईडी बनाई महिलाहरुलाई म्यासेञ्जरमा अश्लिल भिडियो तथा अडियो रेकर्ड गरी गाली बेइज्जत गर्ने २५ वर्षीय घिमिरेलाई उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हु्न् ।
बिगत केही समयदेखि घिमिरेले महिलाहरुलाई फेसबुकमार्फत दुव्र्यवहार गरेको गुनासो आफुहरुलाई आएको कारण आज हेटौँडा ५ मनकामना चोकबाट घिमिरेलाई नियन्त्रणमा लिईएको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले घिमिरेलाई नियन्त्रणमा लिईएको र सार्वजनिक हित, नैतिकता विरुद्धको कसुर तथा साईबर क्राईम अन्तगर्त कारवाही गरिने बताए ।
उनले मकवानपुर सहित अन्य जिल्लाका महिलाहरुलाई विभिन्न अश्लिल म्याजेज पठाउने काम गर्दै आएको जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।