हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले अत्यावश्यक बाहेका सवारी साधनलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाको वडा नंबर ३ र ५ मा कोरोना भाइरस संक्रमण देखिएको भन्दै बैैठकले अति आवश्यक दैनिक सामग्री, दुग्ध पदार्थ, फलफुल, तरकारी, पशुजन्य पदार्थ,मानव खाद्य पदार्थ र बिरामी बोक्ने साधनबाहेक अन्य सवारी बन्द गर्ने निर्णय गरेको गाउँपालिको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जारी गरेको सुचनामा भनिएको छ ।

यसैगरि सुचनामा गाउँपालिको वडा नंबर ५ को भालुखोला क्षेत्र एक हप्ताको लागि सिल गर्ने जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।