File photo

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ ।

शुक्रबार प्रदेशमा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । शुक्रबार प्रदेशको ६ जिल्लामा १ सय २१ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार प्रदेशमा ९६ जनामा कोरोना पुष्टि भएको थियो ।

शुक्रबार सबैभन्दा बढी काठमाण्डौमा ९२ जनामा कोरोना पुष्टि भएको छ । यसैगरि ललितपुरमा १० जनामा पुष्टि भएको छ भने नुवाकोटमा ८ जना,मकवानपुरमा ६ जना,भक्तपुरमा ४ जना र सिन्धुपाल्चोकमा १ जना गरि १ सय २१ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै बागमती प्रदेशमा संक्रमितको संख्या १५ सय ५४ पुगेको छ भने १० संक्रमितको मृत्यु भएको छ । यसैगरि ५ सय ९१ संक्रमित उपचार पछि कोरोना मुक्त भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।