एजेन्सी,नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले चिनियाँ मोबाइल कम्पनी भिभोले गर्ने भनिएको यस सिजनको आईपीएल प्रायोजन रोकेको छ। बिहीबार बीसीसीआई र भिभोले प्रायोजन रोक्ने सम्झौता गरेका हुन्।

यसबारे बीसीसीआईले विज्ञप्ति मार्फत् जानकारी दिएको छ। ‘बीसीसीआई र भिभो मोबाइलको समझदारीमा २०२० को इन्डियन प्रिमियर लिगका लागि भएको साझेदारी रोक्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ।

भिभोले सन् २०१८ मा ५ वर्षका लागि टाइटल स्पोन्सर सम्झौता गरेको थियो।  यसअघि युएईमा हुने यसपटकको १३औं संस्करणको आईपीएलको टाइटल स्पोन्सर भिभोले नै गर्ने निर्णय आईपीएल गभिर्निङ परिषद्ले गरेको थियो। आइतबार सो निर्णय गर्दै सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युइएईका तीन स्थानमा खेल हुने तय भएको थियो।

यससँगै नयाँ टाइटल स्पोन्सरको लागि बीसीसीआईले आह्वान गर्नेछ। हालै चीन र भारतबीच सीमा विवादका कारण भारतमा ‘एन्टी चाइना सेन्टिमेन्ट’ भएकाले प्रायोजन रोकिएको हो। विशेषगरी गलवान भ्यालीमा दुई देशका सेनाबीच भएको झडपमा २० भारतीय सैनिक मारिएपछि भारतीयमा यस्तो सेन्टिमेन्ट आएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।