काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार विहान बालुवाटारबाट उनीसहित ७ जनाको  स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमार्फत जानकारी गराएका छन् । बालुवाटारबाट प्रमसहित स्वाब लिइएका थापा लगायत संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका प्रदेश २ का एक मन्त्रीमा कोरोना पुष्‍टि भएपछि ओली पनि संक्रमितको ‘क्लोज कन्ट्‍याक्ट’को सूचीमा परेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।