विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचार गराइरहेकी ४१ वर्षीया महिला र ४५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।

अस्पतालका निर्देशन डा. विष्णु शर्माका अनुसार उनीहरु दुवै साउन १९ गते अस्पताल भर्ना भएका थिए। मृतक पुरुष टेकु अस्पतालमै कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका हुन्। महिलाको साउन २० गते स्वाब लिइएको थियो।

मृतक महिला रुपन्देहीकी हुन् भने पुरुष सर्लाहीका हुन्। महिलामा पाठेघर क्यान्सर भएको र सर्लाहीका पुरुषलाई ६ महिना पहिला कुकुरले टोकेको थियो।

पाटन अस्पतालमै उपचाररत अर्का एक ४५ वर्षीया पुरुषको बिहीबार निधन भएको थियो।  कोरोनाले पाटन अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । तीनजना स्थानीय हुन् भने ६ जना बाहिरी जिल्लाका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।