भारतको केरलामा ठूलो वर्षापछि पहिरोमा जाँदा १६ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै बेपत्ता भएका छन् ।

इडुक्की जिल्लामा गएको ठूलो पहिरोमा १६ जनाको ज्यान गएको र हराइरहेका ६० जनाभन्दा धेरैको खोजी भइरहेको केरलाका मुख्यमन्त्री पिनारइ विजयनले बताएको बीबीसीले जनाएको छ । ५० जनाको उद्धार गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्ति गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

केरला राज्यमा ठूलो वर्षापछि ठाउँ–ठाउँमा बाढी र पहिरोको प्रकोप बढेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।