हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

यो संगै हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यो संगै कोरोनामुक्त भई घर फर्कनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।