नेपालमा कोरोना भाइरससको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक/एक जना रहेका छन् ।   पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको छ । पर्साका विरगन्जमा ७९ साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी थिए ।

यसैगरि सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते बिहान निधन भएको छ । सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । यो संगै मृत्यु हुनेको संख्या ७० पुगेको हो ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यो संगै कोरोनामुक्त भई घर फर्कनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।