हेटौंडा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र बागमती प्रदेशका मुख्यमन्त्री भेटवार्ता भएको छ । उनीहरुबीच हाल तीब्र रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ ।

दिनानुदिन रुपमा फैलिएको कोरोनाको प्रकोप नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री पोख्रेलले समितिको बैठक पछि मुख्यमन्त्री पौडेल संग छलफल गरेका हुन् ।

काठमाडौ उपत्यकामा कोरोनाले थप सङ्कट ल्याउन सक्ने भन्दै त्यसतर्फ कसरी सचेत गराउने बिषयमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिए ।

अत्यावश्यक सवारी साधन भन्दा अन्य सवारी आवागमनलाई प्रदेशका नाकाहरुमा कडाई गर्ने, स्थानीय तह तथा जिल्लाहरूमा समस्या देखिए स्थानीय तह स्वयं वा जिल्ला प्रशासन कार्यलयबाट नै ठोस कदम चाल्न सहजीकरण गरीने समेत उनीहरुबिच छलफल भएको स्वकीय सचीव पौडेलले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।