आगामी २७ साउन मंगलबार पर्ने कृष्ण जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिर बन्द हुने भएको छ।

कोरोनाभाइरसको महामारी फैलिरहेको कारण मन्दिर बन्द गरिने भएको छ। ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखा र मंगलटोल सुधार संघले संयुक्त विज्ञप्ति जारी गर्दै भक्तजनहरूलाई जानकारी गराइएको छ।

विज्ञप्तिमा श्रद्धालु भत्तजनहरूलाई आ-आफ्नो घरभित्र नै पुजा गरेर परम्परालाई निरन्तरता दिन अनुरोध गरिएको छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।