काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै ९२ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै, ललितपुरका १० र भक्तपुरमा चार जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यो संगै कोरोनामुक्त भई घर फर्कनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ । यसैगरि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।