हेटौँडा ।  मकवानपुर जिल्लामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा केहिमा ट्राभल हिस्ट्री दृखिएको भएपनि केहिमा भने देखिएको छैन् ।
कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी अनुसार मकवानपुरमा आज थपिएका ५ जना मध्ये एकजना हेटौँडाको बसपार्कमा कार्यरत प्रहरी हुन् ।

भीमफेदी–४ का ४० बर्षीय पुरुष भने केहि दिन अघि सिमरा यात्रा गरेको पाईएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ का ५८ वर्षका पुरुष तथा हेटौँडा ६ की ३२ वर्षकी महिला कतै भ्रमण नगरेको भएपनि कोरोना संक्रमित भएका छन् । यसैगरी कतैपनि भ्रमण नगर्नेमा हेटौँडा ५ का ५५ वर्षका पुरुष पनि छन भने हेटौँडा ८ का ४० वर्षका पुरुष भने मार्केटिङको काम गर्ने गरेका पाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।