अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताएका छन्।

व्हाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका डाक्टर फाउचीले आफ्ना छोरीहरुलाई समेत दुःख दिने काम भइरहेको बताएका छन्।

आफूले कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा के भइरहेको छ भन्नेबारे सार्वजनिक रुपमा बोलेकाले यस्तो धम्की आइरहेको उनले बताएका छन्।

सीएनएनसँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘मलाई र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ, मेरा छोरीहरुलाई समेत दुःख दिने काम हुन थालेपछि मैले सुरक्षाकर्मी राख्नु परेको छ यो त आफैमा अनौठो भयो।’

उनले आफूलाई धम्की दिने को थिए भन्नेबारे खुलाएका छैनन्।

कोरोना महामारी नियन्त्रण अभियानमा अग्रस्थानमा रहेका डा. फाउची अहिले अमेरिकाभर प्रख्यात छन्।

कैयौँ पटक उनले कोरोनाका विषयमा राष्ट्रपति ट्रम्पसँग समेत असहमति राखेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।