भारतको गुजरात राज्यमा कोभिड अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा रहेको कोरोना भाइरस सङ्क्रमित राखिएको श्रेय अस्पतालमा बिहान करिब तीन बजेतिर आगलागी भएको अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले बताएका हुन् ।

बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि भागदौडका कारण ८ जनाको मृत्यु भएको र ती मृतकमध्ये तीन जना महिला रहेको बताइएको छ । उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको छ ।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीहरूलाई क्वारन्टीनमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।